• phone9769779421
  • iconbanrupi.builders@gmail.com
  • icon

Understanding Concrete Hollow Blocks for Nepalese Builders

Understanding Concrete Hollow Blocks for Nepalese Builders

Concrete Hollow Block को वारेमा जानकारी

Concrete Hollow Block (CHB) नेपालमा विभिन्न निर्माण कार्यमा प्रयोग गरिन्छ ।  Sand, Stone Chips र Cement को Mixture वाट बनाइने Concrete Hollow Block (CHB) मा कुल क्षेत्रफलको कम्तिमा 25% भाग खोक्रो हुनु पर्दछ भने Concrete को भाग 50% भन्दा वढी हुनु पर्दछ ।  

 

नेपालमा प्रयोग गरिने Concrete Hollow Block 390 mm (15.35 Inch) लम्वाइ, 190 mm (7.5 Inch) को उचाइ भएका हुन्छन्, भने चौडाइमा 100 mm (4 Inch), 150mm (6 Inch) र 200 mm (8 Inch) मध्य कुनै एक हुने गर्दछ ।

 

यो सामान्य इट्टा (Burnt Clay Bricks) भन्दा सस्तो र निर्माणकार्य छिटो हुने हुदाँ यसको प्रयोग दिनानुदिन वढ्दै गइरहेको छ ।

 

Cement र Stone Chips वा Sand को Mix Ratio

Mix Ratio Block Category
Volume Weight
1:6 1:8 A
1:9 1:12 A
1:12 1:16 B
1:16 1:21 B
1:25 1:31 C

 

Concrete Hollow Block (CHB) का केही विशेषताहरूः

  • सस्तो र छिटो निर्माण: CHB हल्का र सरल डिजाइनले गर्दा निर्माण प्रक्रिया छिटो र सस्तो बनाउँछ ।

  • वलियो र टिकाउ: यी CHB बलियो र दीर्घकालीन हुने भएकाले, पर्खालहरू वलियो र टिकाउ हुन्छन् ।

  • ऊर्जा Efficiency: CHB खोक्रो हुने भएकाले थर्मल इन्सुलेसनमा मद्दत गर्छ, जसले गर्दा जाडोमा न्यानो र गर्मिमा सितलता दिन्छ ।

  • विविधता: विभिन्न चौडाइका CHB उपलब्ध हुने हुँदा विभिन्न निर्माण आवश्यकताहरू पूरा गर्न सकिन्छ ।