"Nepal’s Brick Standards: Sizes and Types.

"Nepal’s Brick Standards: Sizes and Types.

नेपालमा प्रयोग गरिने इट्टाको प्रकार तथा आकारहरू बारेमा जान्नुहोस् ।

यदि तपाईं नेपालमा भवन निर्माण गर्ने योजना बनाउनुभएको छ भने, सबैभन्दा महत्त्वपूर्ण कुराहरू मध्ये एउटा भनेको तपाईंले कुन प्रकारको र कस्तो आकारको इट्टा प्रयोग गर्ने भन्ने पनि एक हो । यहाँ हामी नेपालमा उपलब्ध इट्टाका प्रकारहरू र आकारहरूको बारेमा सबै जानकारी दिनेछौं, जसमा नेपालमा इट्टाको Standard Size र विभिन्न प्रकारका इट्टाहरूको बारेमा जानकारी समावेश छ ।

 

नेपालमा इट्टाको स्टानटर साइजः Standard Brick Size in Nepal

 

नेपालको National Building Code (NBC 205: 1994) अनुसार, इट्टाहरू आयताकार आकारका हुनुपर्छ । भट्टीमा ततायर बनाइने यी माटाका राता इट्टाहरू हातले बनाइएका वा मेसिन निर्मित जुनै पनि हुन सक्छन् । इट्टाहरूको Crushing Strength 3.5 N/mm² भन्दा कम हुनु हुँदैन । इट्टाको घनत्व र Strength जति बढी हुन्छ, त्यति नै राम्रो मानिन्छ । इट्टाको स्टानटर साइज 240 mm x 115 mm x 57 mm  हुनुपर्छ, जसमा लम्बाइमा -10 mm, चौडाइमा -5 mm, र मोटाइमा ±3 mm सम्मको Tolerances मान्य हुनेछ, जसलाई Mandatory Rules of Thumb - MRT मा उल्लेख गरिएको छ ।

 

इट्टाको वर्गिकरणः Classification of Burnt Clay Bricks

 

इट्टाहरूलाइ First Class, Second Class, Third Class र Fourth Class गरि वर्गिकरण गरिएको पाइन्छ जसमा First Class वढी बलियो तथा टिकाउ हुन्छ भने Fourth Class कमसल खालको हुन्छ ।

 

नेपालमा प्रयोग गरिने अन्य इट्टाहरू

 

नेपालमा माटोको इट्टा (Burnt Clay Brick) वाहेक Concrete Hollow Block हरू पनी प्रयोग गरिने गरिन्छ । Concrete Hollow Block (CHB) मा एक वा एक भन्दा बढी खाली ठाउँहरू या भनै खोक्रो हुन्छन्  र यसको सतहलाई चिल्लो, खर्सो वा आवश्यकताका अनुसार डिजाइन गरिएर बनाउन सकिन्छ । Hollow Block खासगरी आयतकार हुन्छन्, जसले गर्दा चाहिएको लम्बाइ र उचाइको पर्खाल बनाउन सहयोग पुर्याउँछ र कुल लागत घटाउन र निर्माणलाई छिटो पूरा गर्न मद्दत गर्छ ।

 

नेपालमा Concrete Hollow Block 390 mm (15.35 Inch) लम्वाइ, 190 mm (7.5 Inch) को उचाइ भएका हुन्छन्, भने चौडाइमा 100 mm (4 Inch), 150mm (6 Inch) र 200 mm (8 Inch) मध्य कुनै एक हुने गर्दछ ।

 

HOLLOW CONCRETE BLOCKS MANUAL